You are viewing the translated version of क्षतिपूर्ति सम्बन्धी व्यवस्था.
Rule 30
क्षतिपूर्ति सम्बन्धी व्यवस्था
(१) जीवनाशक विषादी उत्पादन, निकासी, पैठारी, संश्लेषण, मिसावट, ढुवानी, बिक्री बितरण तथा भण्डारणको, प्रयोग वा विसर्जन गर्ने क्रममा कुनै दुर्घटना भएमा त्यसको पीडितलाई दुर्घटनाबाट परेको असर, पीडितको आर्थिक तथा पारिवारिक अवस्था समेतलाई विचार गरी सम्बन्धित इजाजतपत्रप्राप्त व्यक्ति, संस्था वा निकायले ऐनको दफा ३५ बमोजिम मनासिब क्षतिपूर्ति दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले पीडितलाई दिनु पर्ने क्षतिपूर्ति नदिएमा क्षतिपूर्ति निर्धारण गरी पीडितलाई दिलाउन वा दिएको क्षतिपूर्तिमा पीडितलाई चित्त नबुझेको कारण उजुरी सुन्नको लागि प्रत्येक जिल्लामा देहाय बमोजिमको क्षतिपूर्ति निर्धारण समिति रहनेछ:-
(क) जिल्ला प्रशासन कार्यालयको
सहायक प्रमुख जिल्ला अधिकारी -संयोजक
(ख) जिल्ला सरकारी वकील
कार्यालयको अधिकृत -सदस्य
(ग) सम्बन्धित प्रदेशको जिल्लास्थित कृषि विषय हेर्ने कार्यालयको कार्यालय प्रमुख वा निजले तोकेको अधिकृत न्सदस्य
(घ) कृषि अनुसन्धान वा खाद्य प्रविधि सम्बन्धी कार्यालयको अधिकृत -सदस्य
(ङ) निरीक्षक -सदस्य-सचिव
(३) उपनियम (१) बमोजिमको अवस्थामा सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले पीडितलाई क्षतिपूर्ति नदिएमा वा; दिएको क्षतिपूर्तिमा चित्त नबुझेमा पीडितले क्षतिपूर्तिको लागि देहायका विवरण खुलाई उपनियम (२) बमोजिमको समिति समक्ष उजुरी दिन सक्नेछ:-
(क) दुर्घटनासँग सम्बन्धित व्यक्ति, संस्था वा निकायको नाम र ठेगाना,
(ख) पीडित पक्षलाई भएको वास्तविक हानिनोक्सानी वा क्षतिको विवरण,
(ग) निवेदनमा उल्लिखित विवरण पुष्ट्याँई हुने प्रमाण,
(घ) सम्बन्धित इजाजतपत्रप्राप्त व्यक्ति, संस्था वा निकायले क्षतिपूर्ति दिएको भएमा त्यस्तो विवरण र त्यसमा चित्त नबुझेको कारण वा दाबी गरेको क्षतिपूर्तिको रकम ।
(४) उपनियम (३) बमोजिम उजुरी प्राप्त भएमा
क्षतिपूर्ति निर्धारण समितिले सो उजुरीको नक्कल संलग्न गरी पन्ध्र दिनभित्र तत्सम्बन्धमा आफ्नो जवाफ पेस गर्न सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायलाई सूचना दिनु पर्नेछ ।
(५) सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायको जवाफ प्राप्त भएपछि निवेदकले: पेस गरेको क्षतिको विवरण यकीन गर्न आवश्यक देखेमा क्षतिपूर्ति निर्धारण समितिले प्रयोगशाला वा विशेषज्ञबाट परीक्षण वा विश्लेषण गर्न लेखी पठाउन सक्नेछ।
(६) क्षतिपूर्ति निर्धारण _समितिले क्षतिपूर्ति रकम निर्धारण गर्नुअघि आवश्यकता ,अनुसार पीडित र सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायलाई आधार र प्रमाण पेस गर्न लगाउन सक्नेछ ।
(७) क्षतिपूर्ति निर्धारण समितिले जाँचबुझ गरी क्षतिपूर्ति भराउन आवश्यक देखेमा पीडितलाई शारीरिक र आर्थिक रूपले पर्न गएको क्षति, उपचार खर्च तथा उपचारका क्रममा लाग्न गएको- अन्य रकम समेतको वास्तविक मूल्याङ्कन गरी: क्षतिपूर्तिको रकम निर्धारण गर्नेछ।
(८) उपनियम (७) बमोजिम निर्धारित क्षतिपूर्ति रकम सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले क्षतिपूर्ति निर्धारण भएको मितिले साठी दिनभित्र सम्बन्धित पीडितलाई दिई सोको जानकारी क्षतिपूर्ति निर्धारण समितिलाई दिनु पर्नेछ ।